बैतडी जित्दा अत्तरिया अन्तिम चारमा
दशरथ चन्द एकेडेमी बैतीडीले बिहीबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंलाई १६ रनले पराजित गरेपछि सीवाईसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।