संविधानको कसीमा नीतिगत भ्रष्टाचार
जनहितको नाउँमा व्यवस्था परिवर्तन पटक–पटक गरिए । आम जनताको समृद्धिको आकांक्षा भने जहाँको त्यहीँ छ । त्यसमा तुषारापात गर्ने कुशासनको बिगबिगी थामिएको छैन । बरु सर्वत्र फैलिँदै र झाँगिँंदै छ । भ्रष्ट मुलुकको दाग मेटिने होइन, झनै गाढा बन्दै गएको छ ।