कपिलवस्तुबाट तीन ब्रान्डका चाउचाउ उत्पादन सुरु
जिल्लाबाट एसियन थाई फुड्स प्रालिले चाउचाउ उत्पादन सुरु गरेको छ । कपिलवस्तु नगरपालिका–६, गोबरीमा उद्योग स्थापना गरेर प्रीति, टू पीएम र रमपम ब्रान्डका चाउचाउ उत्पादन सुरु गरेको हो । बुधबार धार्मिक विधिपूर्वक पूजाआजा गरी उत्पादन शुभारम्भ गरिएको छ ।