रुस-युक्रेन युद्ध : पुटिनद्वारा युक्रेनसँग 'सिधा वार्ता'को आह्वान
यूकेका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसहितका युरोपेली नेताहरू युक्रेन पुगेर रुसलाई नि:सर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेको केही घण्टामा पुटिनले त्यसो भनेका हुन्।