पञ्चेबाजा र झुमारानीमा रमाउँदै गुल्मेली महिला
पहिला गाउँमा हुने विवाह वा उत्सवहरूमा पञ्चेबाजा धुमधामसँग बज्थे । तर केही वर्षयता बाजाको अभावमा धुमधाम होइन, सुनसान हुन थाले । गाउँमा बाजा खोज्यो कहिले बजाउने मान्छे पाइँदैन त कहिले के मिल्दैन, सधैं खल्लो हुने ।