प्रधानमन्त्री कार्यालयसहित संघीय मन्त्रालयका साढे २७ सय दरबन्दी कटौती
गत असारसम्मको तथ्यांकअनुसार संघ सरकार मातहतको मन्त्रालय, विभाग, कार्यालयसहित १ हजार ८ सय ८५ निकायमा ५२ हजार दरबन्दी कायम थियो । नयाँ ओएन्डएमबाट ५ प्रतिशत हाराहारी दरबन्दी कटौती भएको छ ।