युवराज संग्रौलाले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनामा छानबिन समितिले भन्यो- हाम्रो क्षेत्राधिकारमा परेन
'४ गते पत्र हातमा आइपर्यो। साइबर र सोसल मिडियासम्बन्धी भनिएको थियो,' उनले भने, 'बुझ्दै जाँदा घटनाको प्रकृति फरक देखियो। समितिले दुई दिनसम्म संग्रौलामाथि लागेको आरोपका विषय हेर्यो र आफ्नो क्षेत्रअधिकारभन्दा बाहिर भएको देखियो।'