बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै
बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९:३० बजेतिर गाडी रोकिएको थियो । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल भएको भन्दै काठमाडौं ल्याइएको हो ।