भदौ २८ देखि ‘जीएआई फुड एन्ड बेभरेज हस्पिटालिटी २०२४’ प्रदर्शनी
काठमाडौंको भृकुटीमण्डपमा तीनदिने ‘जीएआई फुड एन्ड बेभरेज हस्पिटालिटी २०२४’ प्रदर्शनी हुने भएको छ । खाद्य, पेयपदार्थ र आतिथ्यको क्षेत्रमा देखिएको वृद्धिलाई पहिचान गर्दै उक्त प्रदर्शनी हुन लागेको हो ।