नाटक ‘बहादुरपुरको दन्त्यकथा’ : जीर्ण भवनमा समृद्धिको रंग
बहादुरपुरको राजा भूपति, नामको मात्र राजा ! न पिउने चुरोट साथमा छ, न खाने रासन । पुस्तैनी सम्पत्तिको नाममा बाँकी छ एउटा जीर्ण महल । चराले गुँड लगाउने सिलिङ, बेलाबेला त्यहीँ सिलिङबाट चोइटिएर खसिरहन्छन्- इँटा, धुलोका कण ।