धनकुटामा कृषिमा मात्रै १ करोड २५ लाख बराबरको क्षति
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार हावाहुरीका कारण यहाँ आँप, लिची, रुद्राक्ष, मकै तथा सिमी बालीमा अत्यधिक नोक्सानी भएको छ। प्रभावित किसानले न्यूनतम ५ हजारदेखि अधिकतम २५ लाख रुपैयाँसम्मको क्षति बेहोरेका छन्।