हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल
भूकम्पले चर्किएका दुवै भवन जीर्ण छन्, खिया लागेको जस्तापाताबाट हिउँ पग्लिएको पानी तपतप खस्छ । कक्षाभित्र सहिनसक्नु चिसो छ । मंगलबार बिहान पारिलो घाम लागेकाले विद्यालयको प्रांगणमा जमेको बाक्लो हिउँमाथि ढुंगा ओछ्याइयो, ढुंगामाथि बसे कलिला बालबालिका ।