अन्न भण्डार मानिने सप्तरीमा ७० प्रतिशत खेती आकाशे पानीको भरमा
यहाँ नेपालकै पुरानो चन्द्र नहर, कोशी पश्चिम नहर र ३३ वटा साना ठूला सिँचाइ आयोजना सञ्चालनमा छन् । तर, चन्द्र नहर र कोशी पश्चिमी नहरको मर्मत सम्भार गर्न नसक्दा ती प्रणालीले कमाण्ड एरियासम्म पनि पानी पुर्याउन सकेको छैन ।